सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको पुर्विचौकी गाउँपालिकामा तालाबन्दी

२०७५ माघ १५, ०७:०२ खबर संवाददाता

डोटीको पुर्विचौकी गाउँपालिकाको कार्यालयमा मंगलबार स्थानीयहरुले तालाबन्दी गरेका छन्। गाउँपालिकाको कार्यालयले जनताको नियमित कामलाई बेवास्ता गरि सहयोगीको भरमा छोडेको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक देबबहादुर खड्काले बताए। कार्यपालिकाले आफुहरुका माग पुरा नगरे सम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक खड्काले बताए। गत आर्थिक बर्षमा पनि बिदा बाहेकको १७ दिन कार्यालय अलपत्र छाडेको आरोप लगाउँदै संयोजक खड्काले कार्यालय सहयोगीको भरमा गाउँपालिका छाडेर जनतालाई सेवाबाट वञ्चित गरेको आरोप समेत लागाएका छन्। मंगबार सेवाग्राही गाउँपालिकामा आउँदा गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनिधि, कर्मचारी सबै दिपायलमा पर्यटन सम्बन्धि तालिम चलाउन गएको जानकारी पाएपछि तालाबन्दी गरिएको स्थानिय दिपेन्द्र खडेकाले बताए। गाउँपालिकामा तालिम चलाउन हल तथा खान बस्नको राम्रो व्यवस्था हुँदाहुँदै पनि गाउँपालिकाले रमझम र बिलासि ब्यवहार देखाउँदै सेवाग्राहीलाई जानकारी हुने कुनै सुचना प्रवाह नगरेर दिपायलमा कार्यक्रम गर्नु दुःखद भएको संघर्ष समितिका संयोजक खड्काले बताए। पुर्बिचौकी गाउँपालिकाद्वारा आयोजना हुने तालिम गोष्ठि लगायतका कार्यक्रम पारदर्सी रुपमा गाउँपालिकाको क्षेत्र भित्रै हुनु पर्ने, बिदा बाहेकका दिनमा कार्यालय सधैं सुचारु हुनुपर्ने र गाउँपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका बाहिर जानु पर्ने भएमा वडाअध्यक्षलाई कार्यबाहक दिएर जानु पर्ने स्थानीयहरुको माग रहेको छ। 
 

कमेन्ट लोड गर्नुस