सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आजदेखि ‘सुदूरपश्चिम महोत्सव’, नयाँ ठाउँमा यस्तो छ तयारी

२०७८ चैत्र १०, ०७:०७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा १५औँ सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुने भएको छ। उक्त महोत्सवको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम छ। आयोजक कैलाली उद्योग वणिज्य संघले महोत्सवको तयारी पूरा भएको जनाएको छ।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरका अनुसार झण्डै तीन सय स्टलमा ९० प्रतिशत बुक भएका छन्। उनले यसपटक सुदूरपश्चिम सरकारलाई एकमात्र माग राखिने बताए। धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग राखिने उनले बताए। महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ।

यस अघिका वर्ष महोत्सव प्रदेश प्रहरी कार्यालयको मैदानमा हुँदै आएको थियो। महोत्सव राति ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा करिब १० करोडको कारोबार हुने कैलाली उद्योग वणिज्य संघले जनाएको छ।

कमेन्ट लोड गर्नुस