सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलिदेखि ‘सुदूरपश्चिम महोत्सव’, मुख्यमन्त्रीले उद्घाटन गर्ने

२०७८ चैत्र ९, ०६:४६ खबर संवाददाता

धनगढीः भोलि बिहीवारदेखि धनगढीमा १५औँ सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ। उक्त महोत्सवको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने भएका छन्। 

कैलाली उद्योग वणिज्य संघले बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै तयार ९५ प्रतिशत पूरा भएको बताएको छ। झण्डै तीन सय स्टलहरुमा ९० प्रतिशत बुक भएका छन्। महोत्सवको तयारी लगभग पूरा उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए। 

उनले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राखिने बताए। धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग राखिने उनले बताए। महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ। चैत महिनामा महोत्सवको आयोजना गर्न लागिएकाले प्रकोपको जोखिम रहेको भन्दै सचेत रहेको उनले बताए। महोत्सव राति ८ बजेसम्म सञ्चालन हुनेछ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा करिब १० करोडको कारोबार हुने कैलाली उद्योग वणिज्य संघले जनाएको छ। 

प्रेस विज्ञप्ती 

सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृती र कलाको प्रवद्र्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण सृजित आर्थिक,सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थिति वाट गुज्रिरहेको उद्योग व्यवसायलाई आसावादी वनाई पुर्नस्थापित गर्न महोत्सव उपलब्धिमुलक हुने विश्वास सहित कैलाली उद्योग बाणिज्य संघले २०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको सुदूरपश्चिम महोत्सवको १५ औ संस्करणको रुपमा सुदूरपश्चिम महोत्सव २०७८ भव्यरुपमा यही मिति २०७८।१२।१०  गते देखि २०७८।१२।२० गते सम्म धनगढी उपमहानगरपालिका वडा नं. १ पशुपति टोलमा आयोजना गरिएको महोत्सवको पूर्व सध्यामा छौ ।

वृहत व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधि संगै माछा,केरा,पोल्ट्री,दुग्धजन्य पदार्थ,च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिएका छौ ।

सास्कृतिक रुपमा धनी सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण संगै विगतका दिनमा महोत्सवले उत्पादन गरेका कलाकारहरु आज जसरी देश विदेशमा ख्याती कमाएका छन सोही कार्यलाई निरन्तता दिदै यस क्षेत्रका  कला संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरुलाई स्टेजमा प्राथमिकता दिइने छ ।यस क्षेत्रका उद्यमी व्यवसाय उत्पादनहरु लाई प्राथमिकता दिईने छ भने नेपाल अधिराज्य वाट आउने उद्योगी व्यवसायीहरुलाई सम्मानित रुपमा सहभागिता गराइएको छ ।

सुदूरपश्चिमका परिकार सहितका महोत्सव स्थलमा खाना खाजाको स्टल रहने छन जसको सरसफाइ तथा उत्कृष्ट व्यवस्थापनको लागी होटल व्यवसायी संघ संग समन्वय गरिका छौ  ।

महोत्सवमा अनुमानित २ करोडको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ भने महोत्वस उद्योगी व्यवसायको १० करोड वरावरको कारोवार हुने अनुमान गरिएका छौ । यस सुदूरपश्चिम महोत्सव २०७८ मा कृषि,जडिवुटी,हस्तकला ,फर्निचर,अटोमोवाइल्स,गारमेन्ट,इलेक्टोनिकल,होटल र सुचना प्रविधि गरि २५० जति संख्याको स्टलहरु  को सहभागीता रहेको छ ।

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री माननिय त्रिलोचन भट्ट ज्यूले सुदूरपश्चिम महोत्सव २०७८ उद्घाटन गर्नुहुनेछ । पहिलाको भन्दा फरक ठाउमा भएको हुदा यही पत्रकार सम्मेलन मार्फत सुरक्षा निकायहरुमा सुरक्षा व्यवस्था लाई चुस्त गराइदिन हुन पुन अनुरोध गर्दछौ र मौसमको चुनौती भएको हुदा नगर प्रमुख मार्फत विपद्रको लागी सजक र सचेत भई दमकल लगाएत सुरक्षा सामग्री सहित तयारी अवस्थामा जनशक्ति व्यवस्थापन गरिदिनहुन अनुरोध गरेका छौ ।

अहिले सम्म स्टल ९५ प्रतिशत वुक भएसकेको छ ,भने महोत्सवको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश सरकार रहेको छ,प्रर्वद्धक धनगढी उपमहानगरपालिका रहेको छ त्यसै गरि मुख्य प्रायोजक यशोदा फुड्स प्रा.लि. रहेको छ ।

महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ  भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरेका छौ। 

सुदुरपश्चिमवासीले गर्वका साथ पर्वको रुपमा मान्दै आएको सुदूरपश्चिम महोत्सव व्यापार व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहने छ भन्ने विश्वास लिएका छौ ।
महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्न मुल समिति सहित २१ उप समिति रहेका छन जसमा सवैको उत्कृष्ट सहयोगले हामी भोली उद्घाटन गर्न सफल हुदै छौ ।

सुरक्षाको दृष्ट्रिकोणले पूर्णरुपमा अत्याधुनिक सि सि क्यामराले निरिक्षण गरिनेछ भने निजि र सरकारी सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको छ ।

यो महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागी सम्भावनाहरुको खोजी गर्दे यस क्षेत्रको पर्यटन विकास,सास्कृतिक कला,खानपान,भाषाको संरक्षण गर्दे व्यवसायिक सफलता प्राप्त गरि जनताको गुणस्तरिय जिवनमा यो महोत्सव सहयोग सावित हुनेछ ।
सम्वृद्ध सुदूरपश्चिम वनाउने अभियान अन्तरर्गत यो महोत्सव १५ औ संस्करणको रुपमा सम्पन्न गर्न अगाडी वढेका छौ ।यो महोत्सव सवैको भएको हुदा सवै राजनितिक दल,तिन तहको सरकार,सरकारी तथा गैर सरकारी संस्था,पत्रकार,विद्यार्थी, उद्यमी व्यवसायी आम देश विदेशमा रहनुहुने महानुभावहरुलाई आफनो आफनो तर्फवाट अधिकतम सहभागीता जनाई महोत्सवलाई सफल वनाईदिन हुन अनुरोध गर्दछु ।

यो महोत्सव सुदूरपश्चिमको मात्र नभइ राष्ट्रकै महोत्सवको रुपमा विकास गर्न सम्पूर्ण पत्रकार तथा संचारकर्मी,स्थानिय तथा राष्ट्रिय स्तरमा संचालित सम्पूर्ण संचारकर्मी ,संचार संस्था सवैवाट रचनात्मक सहयोग र सुझावको अपेक्षा गरेका छौ ।

महोत्सवको प्रवद्र्धक,प्रायोजक वनी,स्टलमा आफनो उत्पादन प्रदर्शनीको लागी स्टल वुक गरी ,प्रचार प्रसार मा सहयोग गरी, टेन्ट निर्माण,सुरक्षा ,प्रभातफेरी,सास्कृतिक कार्यक्रममा सहभागी भई आदी सवै कार्यमा महोत्सव आयोजनामा सहयोग गर्नुहुने सवै लाई हार्दिक धन्यवाद दिन चाहान्छु ।  

र अन्तमा सुदूरपश्चिम महोत्सव २०७८ अवलोकन गरौ,सहभागी वनौ र भब्यरुपमा सफल पारौ । धन्यवाद ।

कमेन्ट लोड गर्नुस