सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय नेताको हत्यापछि भारतमा हिंसा भड्किँदा ८ जनाको मृत्यु

तस्बिर : एजेन्सी
तस्बिर : एजेन्सी
२०७८ चैत्र ९, ०६:२३

भारतको पश्चिम बङ्गाल राज्यको बीरभुम जिल्लामा स्थानीत नेताको हत्यापछि हिंसा भड्किँदा थप आठ जनाको ज्यान गएको छ। 

बागटुई गाउँमा हिजो सोमवार राति तृणमुल कांग्रेसका स्थानीय नेता तथा ग्राम पञ्चायतका उपप्रधान भादु शेखको नचिनेका मानिसको समूहले बम प्रहार गरेर हत्या गरेका थिए। 

यसै घटनालाई लिएर गाउँमा भड्किएको हिंसामा परेर थप आठ जना सर्वसाधारणको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। 

हिजो राति गाउँका दर्जनौँ घरमा नचिनेका व्यक्तिको समूहले आगो लगाइदिएको र दमकललाई समेत प्रवेश गर्न नदिएको खबरमा उल्लेख छ। 

एकै घरबाट सात जनाको शव जलेको अवस्थामा निकालिएको प्रहरीले जनाएको छ।

पश्चिम बङ्गलाका प्रहरी डीजीपी मनोज मालवीयले गाउँमा निकै लोकप्रिय मानिएका नेता भादु शेखको हत्यापछि उनी समर्थकले विपक्षी पार्टीका समर्थकको घरमा आगजनी गरेको बताएका छन्। 

घटनापछि पश्चिम बङ्गालको विपक्षी दल भारतीय जनता पार्टीले राज्यमा कानुनी व्यवस्था ध्वस्त बनाएको भन्दै मुख्यमन्त्री ममता बेनर्जीको राजीनामा माग गरेको छ। घटनाको जाँचका लागि राज्य सरकारले विशेष कार्यदल गठन गरेको खबरमा उल्लेख छ। 

 

कमेन्ट लोड गर्नुस