सुदूर नेपाललाई विश्वसँग जोड्दै

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

२०७८ चैत्र ८, ०५:२४ रासस

सिन्धुपाल्चोकः चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ। माघ मसान्तसम्म रु दुई अर्ब चार करोड राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए। ८२ करोड  ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो।

आर्थिक वर्ष २०७८र७९ असार मसान्तसम्म  एक अर्ब ६४ करोड लक्ष्य लिएकामा दुई अर्ब चार करोड राजस्व उठेको थियो। राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताए। सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उनले बताए। नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उनको जोड छ। 

विसं २०७२ को भूकम्प, बाढीपहिरो तथा  कोरोना महामारीपछि  नाका सजहरूपमा सञ्चालन हुनसकेको छैन। आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताए। नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन्। भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो।

कमेन्ट लोड गर्नुस