सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र ८, ११:२५ खबर संवाददाता

सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख ३०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज ८०० ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० छ। यसको मूल्य सोमबार प्रतितोला रु ९९ हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर रु एक हजार ३९५ पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस