सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार विरुद्ध धनगढीको तरुण दलको प्रदर्शन

२०७५ माघ १४, ०७:२५ कमल सावद

नेपाली काग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलालीले धनगढीमा सरकारको बिरोधमा प्रदर्शन गरेको छ। सरकारका गलत निर्णयका विरुद्ध तरुण दलले बिरोध प्रदर्शन गरेको हो। आज धनगढीको ट्राफिक चौराहबाट सुरु भएको बिरोध ¥याली पार्कमोडमा बिरोध सभामा परिणत भएको थियो। बिरोध सभालाई संबोधन गर्दै तरुण दलका नेताहरुले सरकारका गलत गतिविधिको बिरोधमा सडकमा कडा रुपमा प्रस्तुत हुने बताएका छन्। उनीहरुले नेपाल कम्युनिष्ट पार्टी दुई तिहाईको आडमा भ्रष्ट्राचारमा लिप्त भएको आरोप लगाएका छन्। तरुण दलका अध्यक्ष जितगंङ्ग बस्नेतले प्रतिनिधि सभामा नेपाली काँग्रेसका सांसदहरुले बिरोध गर्दागर्दै चिकित्सा शिक्षा विध्येक पास गरेको भन्दै बिरोध गरे। चिकित्सा शिक्षा विधेकलाई विधि र प्रक्रिया मिचिर पास गरिएको उनको आरोप छ।
अध्यक्ष बस्नेतले निर्मला पन्तको बलात्कारपछि हत्या भएको दिन गृह मन्त्री रामबहादुर थापाका छोरा कहाँ थिए भन्दै प्रश्न उक्त विषयमा पनि अनुसन्धानको माग गरे। तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईले दुई तिहाईको दम्भले सरकार मात्तिएको बताउनुभयो। उहाँले कम्युनिष्ट सरकारले दुई तिहाईलाई भ्रष्ट्राचारको लाईसेन्सको रुपमा लिएको आरोप लगाउनुभयो। तरुण दलका नेताहरुले वर्तमान सरकारले नेपालको ईतिहास मेटाउने प्रयास गर्दै आएको बताएका छन्। यस्तै प्रदेश नम्बर १ बाट सुरु भएको नेपाल तरुण दलको बिरोधका कार्यक्रम धनगढीमा समापन पनि गरिएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस