शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै गौरीगंगाका मेयर सम्मानित
कैलाली: कैलालीको गौरीगंगाका मेयर भिमबहादुर देउवा शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै सम्मानित भएका छन्। सामुदायिक वि प्रधानाध्यापकहरुको नियमित बैठकमा नगर प्रमुख देउवालाई सम्मान गरिएको हो।
पालिकाका सामुदायिक विद्यालयहरुमा सबैभन्दा मुख्य समस्या रहेको निजी श्रोत शिक्षकको व्यवस्थापन, विद्यालयहरुको भौतिक विकास, नगरशिक्षकको व्यवस्थापन तथा शिक्षा क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै नगरप्रमुख देउवालाई सम्मान गरेको बताइएको छ।