कञ्चनपुरमा डेरा गरी बस्ने एक बालक मृत भेटिए
धनगढीः कञ्चनपुरमा डेरा गरी बस्ने एक बालक मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका ९ कालिका बजारमा डेरा गरी बस्ने बालक मृत फेला परेका हुन्।
डोटी बडीकेदार गाउँपालिका ४ घर भएका टेकबहादुर लामाको छोरा १२ वर्षीय चित्रबहादुर लामा मृत भेटिएको प्रहरीले जनाएको छ। लामा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।