सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्त नगरपालिकामा अख्तियारको छापा

२०७८ चैत्र ७, ११:२७ खबर संवाददाता

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ। नगरपालिकाभित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी परेपछि अख्तियारले छापा हानेको हो।

अख्तियार कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले कागजात नियन्त्रणमा लिनका लागि टोली पठाएको बताए। १० पुलको डिपिआर बनाउँदा प्रक्रिया नै मिचेर इन्जिनियरिङ परामर्शदाता कम्पनीको छनोट गरिएको र कानुनअनुसार डिपीआर स्वीकृत नहुँदै एक करोड रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको दाबीसहित पत्रकार खेम भण्डारीले उजुरी दिएका थिए।

डिपीआर स्वीकृतिका लागि मन्त्रालयमा पठाइएकै अवस्थामा नगरपालिकाले १५ दिनअघि मल्ल ग्रुप एण्ड कन्सल्टेन्सीलाई भुक्तानी दिएको हो। 
 

कमेन्ट लोड गर्नुस