धनगढीमा एडभान्स हेयर एण्ड स्किन साइन्स सम्बन्धि प्रशिक्षण कार्यक्रम
धनगढीः धनगढीमा ३ दिने एडभान्स हेयर एण्ड स्किन सम्बन्धि प्रशिक्षण सुरु भएको छ। सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनको आयोजनामा न्युलुक ब्युटी फर लाइफको सहजीकरणमा सुदूरपश्चिमका ब्युटीसियनलाई आजदेखि ३ दिन एडभान्स हेयर एण्ड स्किन साइन्स सम्बन्धि प्रशिक्षण सुरु भएको हो।
ब्युटीसियनलाई हेयर र स्किन सम्बन्धि ज्ञान अभिवृद्धि गर्ने उदेश्यले सुदूरपश्चिमका ब्युटीसियनलाई धनगढीमा अनुभवी ब्युटीसियनबाट ३ दिन प्रशिक्षण गराउन लागेको सुदूरपश्चिम अध्यक्ष मिना बोहराले बताईन्। ब्युटीसियनलेहरुले स्किन र हेयरको समस्या भएका सेवाग्राहीलाई सहजै समाधान गर्ने उपाय बारे थाहा पाउने जरुरी भएकोले उनीहरुले प्रशिक्षणबाट स्किन र हेयरको समस्या र समाधानबारे ज्ञान अभिवृद्धि गर्ने विश्वास ब्यक्त गरिन्।
प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनकी अध्यक्ष मिना बोगटीको अध्यक्षतामा सुरु भएको थियो। प्रमुख अतिथीमा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट रहेकी थिइन्। कार्यक्रममा सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनका पदाधिकारीसहित कैलाली, कंचनपुर र डोटीका ब्युटिसियन सहभागी छन्।