सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुक खाता बन्द होला है !, बन्द हुन नदिन यसो गर्नुस्

२०७८ चैत्र ६, ०३:३७ खबर संवाददाता

एजेन्सी: अहिले धेरैले आफ्नो फेसबुक अकाउन्ट लगइन गर्न नसकेको गुनासो गरिरहेका छन्। उनीहरूले फेसबुक प्रोटेक्ट अन नगरेसम्म आफ्नो खाताहरूसम्म पुग्न नसक्ने बताएको छ। 

फेसबुकले फेसबुक प्रोटेक्ट अन नगरेका खाताहरू बन्द गर्दैछ। केही समयअघि कम्पनीले फेसबुक प्रोटेक्ट अन गर्नका लागि केही प्रयोगकर्तालाई मेल पठाएको थियो। जसमध्ये यो प्रणाली सक्रिय नभएकाहरुको खाता बन्द गरिएको छ। 

ट्विटरमा एक प्रयोगकर्ताका अनुसार फेसबुक प्रोटेक्ट खोल्न भनिएको इमेल पनि प्राप्त भएको थियो। जुन स्प्याम जस्तो देखिन्छ। जसका कारण उनले बेवास्ता गरे। फेसबुकले यी इमेलहरू [email protected] ठेगानाबाट पठाएको भन्दै द भर्जले लेखेको छ। 

कमेन्ट लोड गर्नुस