सुदूरपश्चिमका जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित भएका छन्। संघीय र प्रदेश सरकारले समन्वय समितिलाई आफु मातहातको निकाय नमानेको, जिसस पदाधिकारीमाथि विभेद गरेको लगायतको गुनासो गर्दै उनीहरु आन्दोलित भएका हुन्। जिल्ला समन्वय समिति सदस्यहरुले विभिन्न चार बुँदे माग राख्दै आज सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन्। मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएका संयोजक टेकबहादुर बुढाले बताए।
जिल्ला समन्वय समितिका सदस्यहरुको मर्यादा क्रम तोकिनुपर्ने, सदस्यहरुको पनि स्पष्ट काम र जिम्मेवारी तोकिनुपर्ने, सदस्यहरुको सेवा सुविधामा एकरुपता ल्याउनुपर्ने, सुदूरपश्चिम प्रदेशले जिल्ला समन्वय समितिलाई पनि बजेट विनियोजन गर्नुपर्ने लगायतका माग रहेको सहित उनीहरुले बताएका छन्। माग पुरा नभएसम्म कुनै पनि बैठक तथा कार्यक्रममा सदस्यहरु सहभागि नहुने सदस्यहरुको चार दिनसम्म चलेको बैठकले निर्णय गरेका छ। माग पुरा नभय चैत १ गते सबैले सामुहिक राजीनामा दिने निर्णय गरेका छन्। सुदूरपश्चिम प्रदेशको नौ वटा जिल्ला समन्वय समितिमा ६३ जना सदस्य रहेका छन्। समितिको सदस्यहरुको पूर्ण बैठकमा ४० जनाको सहभागिता रहेको जनाइएको छ।