कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते
धनगढी : कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका-१ पशुपती टोल नजिकै भारतीय नम्बर प्लेटको मोटरसाइकलले दोधाराकै पैदलयात्री ४८ वर्षीया जानकी बमलाई ठक्कर दिएको प्रहरीले बताएको छ।
यूपी २२ एन १९८१ नम्बरको मोटरसाइकलले बमलाई ठक्कर दिएको र उनको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल चालक फरार रहेका र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। चालक नेपाली नागरिक वा भारतीय नागरिक को हुन् भन्ने नखुलेको प्रहरीले बताएको छ।