दामोदर भण्डारीले देउवालाई भनेः चुनाव अघि नै निर्मलाको हत्यारा सार्वजनिक गर्नुस्
धनगढीः नेकपा (एमाले) सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। शनिबार महेन्द्रनगरमा भीमदत्त नगरस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग यस्तो माग गरेका हुन्।
‘शेरबहादुर जी निर्मलाको हत्यारा सार्वजनिक गर्न सक्नु हुन्छ ? तपाईले पहिलोपटक चुनाव लडेको क्षेत्र हो, तपाई निकटका नेताहरु यहाँ बस्छन्,’ उनले भने, ‘सक्नुहुन्छ भने स्थानीय निर्वाचन अघि निर्मलाका हत्यारा सार्वजनिक गर्नुहोस्, सक्नुभएन भने हत्यारा लुकाउनेहरुका मुकुन्डा जनता माझ लगेर जान्छौं।’
यस्तै सुदूरपश्चिमका ५१ प्रतिशत पालिकामा एमालेको नेतृत्व आउने उनले दाबी गरे।