दार्चुलाको एक पसलबाट लागूऔषध बरामद
२०७८ चैत्र ४, ०४:११
दार्चुलाः दार्चुलामा प्रहरीले शुक्रवार ठूलो मात्रामा लागूऔषध (चरेश) बरामद गरेको छ। जिल्लाको महाकाली नगरपालिका–४ तितरसैनस्थित एक पसलबाट करिब एक किलो चरेश बरामद गरिएको हो।
बिक्री गर्ने उद्धेश्यले राखिएको अवस्थामा चरेश बरामद गरिएको प्रहरीले जनाएको छ। खुला सीमानाका कारण दार्चुलाबाट भारततर्फ अवैध लागूऔषध चरेश तस्करी हुने गरेको छ।
कमेन्ट लोड गर्नुस