सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा होलीको दिन एक युवकमाथि खुकुरी प्रहार, एक समातिए

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र ४, ०१:३९ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ। हिजो (बिहिबार) जिल्लाको भीमदत्त नगरपालिका १० स्थित तिलकेनीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको हो।

स्थानीय ४५ वर्षीय मोहन धामीले सोही ठाउँकै रतन खड्कालाइ हिजो खुकुरी हानेको प्रहरीले जानकारी दिएको छ। उनीहरुबीच पहिल्यैदेखि आपसी विवाद रहेको र त्यही विवाद बल्झिदा खुकुरी प्रहारसम्म पुगेको बताइएको छ। 

कञ्चनपुर प्रहरीका अनुसार रतन घाइते भएर धनगढीमा उपचाररत छन् भने मोहन प्रहरीको नियन्त्रणमा छन्। यस्तै खुकुरी प्रहार गर्ने बेला मोहनले मदिरा सेवन गरेको समेत खुलेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। 
 
 

कमेन्ट लोड गर्नुस