होली खेल्दै सेल्फी खिचिरहेकी महिलाको चार तलाबाट खसेर मृत्यु, एक घाइते
काठमाडौंः काठमाडौं, तारकेश्वर नगरपालिका ५ गोलढुङ्गास्थित होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लड्दा एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार ४३ वर्षीया जीवनकुमारी खड्काको बिहीवार मृत्यु भएको हो। सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो। लडेर घाइते भएकी सोही ठाउँ बस्ने ३८ वर्षीया अन्जु कार्कीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ।