सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीका नेताहरु फेरि एमालेमै फर्किए

२०७८ चैत्र ३, ०१:१८ खबर संवाददाता

धनगढीः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा फेरि एमालेमै फर्किएका छन्। पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका उनी बिहीबार पुनः एमालेमै फर्किएका हुन् ।  उनलाई एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलले स्वागत गरेका थिए।

बुढा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए। यस्तै विभाजनपछि समाजवादी राजेको नेताहरु जागुराम थारु, कृष्णबहादुर थापा,  विमला थापापनि एमालेमै फर्किएको एमाले सुर्खेत जिल्लाका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए। यस्तै वीरेन्द्रनगर नगरपालिका– १० का वडा सदस्य सुनिता चौधरी पनि एमाले फर्किएकी छन्।

कमेन्ट लोड गर्नुस