बझाङ प्रशासनले भन्योः होलीलाई मर्यादित बनाउ
बझाङः जिल्ला प्रशासन कार्यालय बझाङले होलीलाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रंग नदल्न आग्रह गरेका छन्।
होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृखल क्रियाकलाप नगर्न प्रशासनले भनेको छ। सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छा विपरीत रंग दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने, मादक पदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको हो।