सुदूर नेपाललाई विश्वसँग जोड्दै

होलीमा रङले किन लाग्छ नशा ? कारण यस्तो

२०७८ चैत्र ३, १०:५०

काठमाडौं : होलीको दिन असाध्यै भोक लाग्ने र रङ खेलेपछि बेस्सरी भोक लाग्ने गरेको धेरैले बताउँछन्। होलीको रङको नशा के हो त ? 

रङमा असाध्यै धेरै केमिकल हुने गरेको भारतकी डाक्टर अञ्जु बताउँछिन्। यी केमिकल्समा लेड, मरकरी र क्याडमियमजस्ता हेभी मेटल हुन्छन्, जसले हरीरको बाहिरी र भित्री हिस्सालाई क्षती पुर्याउँछ। रङ खेल्नेबेला मुख, नाक, कान र छालाको छिद्रमार्फत् यी मेटल्सका कण शरीरभित्र प्रवेश गर्छन्। यसका कारण टाउकोमा भारीपन महसुस हुन्छ। भोक बढी लाग्छ र निद्रा बढी लाग्छ।
मिलावट रङ स्वास्थ्यका लागि कति खतरनाक ?
– छाला चिलाउने वा जलन महसुस हुनसक्छ ।
– टाउको दुख्ने वा टाउको भारी महसुस हुनसक्छ ।
– मिलावट रङका कारण फोक्सोमा एलर्जी हुनसक्छ ।
– यी रङको असर मृगौला र फोक्सोमा पनि पर्नसक्छ ।
– केमिकल्सयुक्त रङका कारण क्यान्सर हुने आशंका पनि रहन्छ ।

त्यसकारण होलीमा  प्राकृतिक रङको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिन्छन्। यो स्वास्थ्य र छालाका लागि राम्रो हुनुका साथै प्रकृतिका लागि पनि राम्रो हुन्छ। प्राकृतिक रङ बनाउन चाहनुहुन्छ भने पलाँसको फूललाई उमालेर त्यसको पानी होली खेल्नका लागि प्रयोग गर्न सक्नुहुन्छ। चुकन्दरलाई उमालेर त्यसको पानीलाई पनि रङको रुपमा प्रयोग गर्न सकिन्छ। मेहेन्दी पाउडरले हरियो रङ बनाउनुहोस् वा बेसार, बेसन र चन्दन मिसाएर छालालाई हानी नगर्ने रङ बनाउन सकिन्छ। -एजेन्सी

कमेन्ट लोड गर्नुस