चिनियाँ विदेशमन्त्री नेपालबाटै भारत भ्रमणमा जाने
काठमाडौँः चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको भ्रमण पूरा गरेर दक्षिणी छिमेकी भारत जाने भएका छन्। भारतीय सञ्चारमाध्यमले मार्च महिनाको अन्तिममा चिनियाँ विदेशमन्त्री नेपाल हुँदै भारत पुग्ने लेखेका छन्।
यद्यपि भारतीय विदेश मन्त्रालयले चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे आधिकारिक पुष्टि गरिसकेको छैन। चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते नयाँ दिल्ली पुग्नेगरी कार्यक्रम बनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारत र चीनका सेनाबीच सन् २०२० मे महिनामा सीमाक्षेत्र लद्दाखमा भिडन्त भएयता दुई देशबीचको सम्बन्ध चिसिएर उच्चस्तरीय भ्रमण हुन सकेका थिएनन्। चिनियाँ विदेशमन्त्रीको भ्रमण भारतसँगको सम्बन्ध सुधारका लागि हुन लागेको बताइएको छ।