घोडाघोडी नगपालिकाले गौशालामा राखेका पशुचौपाया मरेका भेटिए
२०७५ माघ १२, ०७:२८
कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको गौशालामा पशुचौपाया मरेको पाईएको छ। नगरपालिकाले वडा नम्बर ८ को सिस्ने जङ्गलमा सामुदायिक पशुचौपायकाको व्यवस्थापनका लागि गौशाला (गोठ) निर्माण गरेको थियो। नगरपालिकाले चिसोको समयमा पशुचौपायाको आहार र पानीको व्यवस्थापन गर्न नसकेका करण पशुचौपाया मरेको बताइएको छ।
नगरपालिकाले पशुको हेरचाहको लागि पाँच जना हेरालु पनि राखेको छ। नगरपालिकाले दानाहरु समेत खरिद गरेको वडा नम्बर ८ का अध्यक्ष भिमबहादुर बोगटीले बताए। उनले लगातार पहाडी जिल्लाहरुमा हिमपात हुदा कैलालीमा पनि बर्षात भएकाले चिसोका कारण पशुहरुको मरको हुन सक्ने बताए। नगरपालिकाले ४ गोठ निर्माण गरेको थियो। ८-१० वटा पशु मात्र मरेका हुन्। तर आहारा र पानीको व्यवस्था नगरपालिकाले गर्न नसक्दा पशुचौपायाको मरेको भएको पशुचौपायाको हेरचाहा गर्दै आएका लालसिँह धामीले बताए। जङ्गलमा तारबार भित्र पशुचौपाया राखिएको छ। जङ्गलमा पशुचौपाया ४ हजार रहेको बताईएको थियो। अहिले एक सय ५० मात्र पशुचौपाया रहेका हेरालु धामिले बताए।
कमेन्ट लोड गर्नुस