सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवेकशील साझाको राष्ट्रिय सन्देश भेला सम्पन्न

२०७५ माघ १२, ०५:३६ खबर संवाददाता

विवेकशील साझा पार्टीले राष्ट्रिय सन्देश भेला सम्पन्न गरेको छ। विवेकशील समूह अलग भएपछि शनिबार काठमाडौँमा राष्ट्रिय सन्देश भेला आयोजना गरिएको हो। भेलालाई सम्बोधन गर्दै विवेकशील साझाका संयोजक रविन्द्र मिश्रले अब कांग्रेस र कम्युनिस्टको मुटु हल्लीने  गरी संगठन निर्माण अभियान अघि बढाउने घोषणा गरेका छन्।

मिश्रले आगामी महाधिवेशनपछि विवेकशील साझा वैकल्पिक शक्तिका रुपमा स्थापित हुने विश्वास ब्यक्त गरे। महाधिवेशन २०७६ फागुन १५ देखि १९ हुनेगरी मिति तय भइसकेको छ। उनले अब जनतामाझ पार्टीको भावी योजना लगेर जाने बताए।


विवेशशिल साझाका प्रवक्ता सुर्यराज आचार्यले आफूहरुको पार्टी बैकल्पिक शक्ति भएरै छाड्ने दावी गरे। यस्तै पार्टीका संगठन बिभाग प्रमुख मुमाराम खनालले पार्टीबाट छुटेर गएका साथीहरुलाई फर्किन आग्रह गर्दै पहिले भन्दा बढी स्थान दिने बताए।

भेलामा सातै प्रदेशबाट झण्डै पाँच  सय प्रतिनिधिको सहभागिता रहेको थियो। भेला आइतबारसम्म चल्ने छ।  

कमेन्ट लोड गर्नुस