रुस-युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल
कीभ, युक्रेन : रूस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताएका छन्।
'हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ,' मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन्। उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताएका छन्। -एएनआई/स्पुतनिक