सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनको मूल्य

२०७८ चैत्र १, ११:०० खबर संवाददाता

काठमाडौं: सुन तोलामा १८०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो। 

यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

कमेन्ट लोड गर्नुस