सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरको छतबाट खसेर एक युवकको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ चैत्र १, ०९:०५ खबर संवाददाता

काठमाडौं : जाजरकोटमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भेरी नगरपालिका-१ कालेगाँउका २४ वर्षीय भिमबहादुर खत्रीको भेरी-३ को ठाटीबजारस्थित एक घरको छतबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। 

पोल्टी फममा काम गर्दै आएका उनी फम सञ्चालकको घरको चौथो तलाबाट मंगलबार बिहान खसेका हुन्। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस