सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जाई चौकमा मंसीरमा फुटेको पाईप मर्मत भएन्

२०७५ माघ १२, १०:४० रोशन भट्ट

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ को जाई चौकमा मंसिरमा फुटेको खानेपानीको पाईप दुई महिना हुदासम्म पनि मर्मत हुन सकेको छैन्। सो क्षेत्रको सडकलाई कालोपत्रे गर्ने बेला पाईप फुटेको थियो तर सडक कालोपत्रे भएर सुचारु हुदा पनि फुटेको पाईप मर्मत हुन नसकेको हो। जाईको प्रमुख चौकको पुर्वपट्टि फुटेको पाईप मर्मत नभएपछि वरपरका वासिन्दा समस्यामा परेका छन्। सो टोलका स्थानीयलाई खानेपानीको पर्याप्त उपलब्धता नभएको वेला फुटेको पाईप मर्मत नगर्नु सरोकारवालाको लापरवाही भएको स्थानीयले आरोप लगाएका छन्। धनगढीका विभिन्न टोलहरुमा शुद्ध खानेपानीको उपलब्धता नभएका वेला जाईमा भने पाईप फुटेर पानी नालीमा बगिरहेको हो।

 सडक कालोपत्रे गर्ने वेला फुटेको पाईप सडक सुचारु हुदा पनि मर्मत हुन सकेको छैन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ को जाईमा सडकको छेउमा पाईप फुटेर खाल्डो नै बनेको छ। राती र विहानको समयमा आवत जावत गर्नेहरुलाई पनि समस्या भईरहेको स्थानीय दुर्गा धामीले बताई। जाई क्षेत्रको खानेपानी लाईन हेर्ने कार्यालय पनि सोही क्षेत्रमा रहेको छ। खानेपानी कार्यालयका प्रमुखदेखि लिएर कर्मचारी समेत सोही बाटो भएर कार्यालय जाने आउने गर्छन्। तर मुख्य चौकमा फुटेको खानेपानीको पाईप मर्मतका लागि भने ध्यान कसैको जान सकेको छैन्। सरोकारवालालाई पटक–पटक गुहार्दा कसैले पनि चासो नदिएको र मर्मत गर्नमा लापरवाही गरेको स्थानीयको आरोप रहेको छ। टोलमा खानेपानीको अभाव भएको छ तर ठूलो मात्रमा पानी खेर गईरहेको छ। पाईपबाट निस्केको पानीले स्थानीयको बारीलाई विगारिरहेको छ।

दुई महिनासम्म पनि कुनै निकायले पाईप मर्मतको लागि पहल समेत गरेका छैनन्। सोही ठाँउमा रहेको खानेपानी कार्यालयले पनि पाईप मर्मतमा चाँसो कसैले नदिएको स्थानीय वासी भन्द्रदेव जोशीले बताए। जाई चौक अर्थात खानेपानीको पाईप फुटेको स्थान धनगढी उप–महानगरपालिकाका मेयरको टोल र खानेपानी कार्यालयका कर्मचारीको कार्यालय जाने बाटोमा पर्ने गर्दछ। यता वडा नम्बर ५ का वडा अध्यक्ष हिरा सिंह पातलीले भने यस बारेका आफुलाई कुनै जानकारी नभएको बताए। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस