घोडाघोडी नगरपालिकाद्वारा सेवासुविधामा साढे १३ करोड खर्च
घोडाघोडी नगरपालिकाले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा चालु तर्फ खर्च गरेको १६ करोड ७१ लखमा झण्डै १३ करोड जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाकै लागि स्वाहा भएको हो। ४८ करोड चालु तर्फको बजेट रहेको नगरपालिकासंग विकास बजेट भने त्यस्को आधा पनि छैन्। नगरपालिकका निमिक्त प्रमुख प्रशासकिय अधिकृत वसन्तबहादुर बोहराले नगरपालिकाको ९० प्रतिशत योजनाहरुको सम्झौता भएको बताए। उनले भने, ९० प्रतिशत योजनाहरुको सम्झौता भएको छ, ८० प्रतिशतको हाराहारीमा उपभोक्ताबाट निर्माण भइरहेका योजनाहरुको पेश्की रकम पनि गएको छ। तर कुन योजनाको कति रकम पेश्की गयो। त्यो राख्न बाँकी छ। त्यस्मा जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा लागि झण्डै १३ करोड खर्च भएको छ भने सामाजिक सुरक्षा भक्तामा साढे ३ करोड खर्च भएको छ। जन प्रतिनिधि र कर्मचारीहरुले सेवा सुविधाका विभिन्न शिर्षकहरुमा विनियोजन गरिएको रकमबाट करौडौ रकम स्वाहा पारको छन्।
घोडाघोडी नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिहरको पारिश्रमीकमा मात्रै ४ करोड खर्च गरेको छ भने २० लाख भन्दा बढि विभिन्न भक्तामा खर्च गरिएको छ। जनप्रतिनिधिहरुले पनि ६ महिनामा १० लाख बजेट भक्तामा सकेका छन्। पदाधिकारीहरुले ईन्धनमा पनि ५ लाख बजेट सकेका छन् भने अन्य सेवा सुविधा विभिन्न शिर्षकमा पनि लाखौँ बजेट सकिएको छ। संचार महसुलमा नगरपालिकाले ६ महिनामा ३ लाख बढि बजेट सकेको छ। तर नगरपालिकासंग विकास बजेट खर्चको अवस्थाका विषयमा भने कुनै जानकारी छैन्। संघिय सरकारबाट आउने बजेटका बिषयमा पनि नगरपालिका अनभिज्ञ रहेको देखीएको छ।
नगरपालिकाले विकास निर्माणमा भएको खर्चको विवरण तयार नभएकाले बताएपनि अधिकासं विकासे योजनाको सम्झौता भएर निर्माणको काम सुरु भईरहेको दावी गरेको छ। विकासका योजनाहरुको ९० प्रतिशत सम्झौता भएका र ८० प्रतिशत योजनाहरुलाई पहिलो पेश्की बाफतको रकम दिएको नगरपालिकाले दावी गरेको छ। तर कुन योजनालाई कति रकम पेशी दिएको हो ? विकास बजेटको कति प्रतिशत खर्च भएको छ भन्ने विषयमा नगरपालिका आफै अनभिज्ञ छ। नगरपालिकाको आर्थिक प्रशासन शाखामा कर्मचारी फेरीरहने भएकाले समस्या भएको नगर प्रमुख ममताप्रसाद चौधरीले बताए उनले भने लेखा शाखाका कर्मचारीहरु फेरबदल भइरहेका हुन्छन्, नयाँ कर्मचारीलाई काम गर्न अन्यौल हुन्छ। लेखा शाखाका कर्मचारीहरुलाई मैले भनेको छु। अब केही दिनमा सबै खर्चको विवरण आउछ।