ल्याब परीक्षणका लागि नवजीवनमा नयाँ प्रविधि
धनगढीस्थित नवजीवन अस्पतालले ल्याब परीक्षणका लागि नयाँ प्रविधि जडान गरेको छ । म्याग्लुमी ८०० र फुली अटोमेटिक बायोकेमेष्ट्रि एनलाईजर ह्युमास्टर २०० मोडलको नयाँ प्रविधि जडान गरेको हो । बायो क्यामेस्टिले एक पटक ६० जना र म्याग्लुमीले ४० जनाको रगत नमुना परिक्षण गर्न छ । समयको परिवर्तन संगै अस्पतालले बिरामीहरुको सहजताका लागि हरेक बर्ष केही नयाँ सुविधा थप्ने गरेको अस्पतालका निर्देशक डा. बिदुरमणि ढकाले बताए । उनले केही दिन अघिसम्म पनि सानो जाँचका लागि पनि मानिसहरुले घण्टौ प्रतिक्षा गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
पुरानो तरिकाकाको जाँचमा मानविय त्रुटि बढि रहने र समय पनि बढी लाग्ने भएका कारण यो मेसिनको आवश्यकता भएको अस्पताले जनाएको छ । थारै समयमा शत प्रतिशत बिश्वसनीय रिपोर्ट तयार हुने बायो मेडिकल ईन्जिनियर मनोहर नेपालले बताए । उनले अस्पतालको नयाँ ल्याबबाट थाइराईड बाहेक अन्य सबै जाँचको परिणाम १० देखि १५ मिनेटमा आउने जानकारी दिए ।
अस्पतालले हरेक बर्ष बिरामीहरुको सहजताका लागि सेवा सुविधा थप्ने गरेको छ । आगामी दिनमा पनि यो प्रक्रिया निरन्तर रुपमा चलिरहने अस्पताल प्रशासनले जनाएको छ । ५० वेडमा सञ्चालित नवजीवन अस्पतालले एक वेडको बनाउने तयारी पनि सुरु गरिसकेको छ । साथै, फागुन १७ गते भित्र ६ बेडको आइसियु उद्घाटन र निकट भविष्यमै अस्पतालले हेमो डायलोसिस सञ्चालन गर्ने तयारी गरेको अस्पतालका निर्देशक डाक्टर बिदुरमणि ढकालले जानकारी दिए ।