बैतडीमा पनि काँग्रेसको ‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु
धनगढी : बैतडीमा पनि नेपाली काँग्रेसको ‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु हुँदैछ। एक महिने उक्त अभियान अन्तर्गत बैतडीका दस वटै स्थानीय तहमा प्रतिनिधि खटाइएको छ। काँग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दका अनुसार अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा केन्द्रीय सदस्य यज्ञराज जोशी बैतडी पुगिसकेका छन् भने प्रत्येक पालिकाका लागि जिल्ला कार्यसमिति प्रतिनिधि खटाइएको छ।
अभियानका दौरान काँग्रेसको विधान, नीति, सिद्धान्तबारे नागरिकलाई जानकारी दिई स्थानीय तहको निर्वाचनमा विजयी गराउन आग्रह गर्ने कार्यक्रम रहेको सचिव चन्दले बताए। आज दिउँसो १ बजे डिलाशैनी गाउँपालिकाबाट अभियानको शुरुवात गरिने बताइएको छ।