सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका सबै पालिकामा काँग्रेसको ‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन

२०७८ फाल्गुन २९, १०:२७ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ। आइतबार सदरमुकाम मंगलसैनबाट कार्यक्रमको शुभारम्भ गरिने बताइएको छ।

आज मंगलसैन नगरपालिकाबाट अभियान सुरु गर्दै ५ चैतमा तुर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका, ७ मा कमलबजार नगरपालिका र ८ मा पञ्चदेवल बिनायक नगरपालिकामा कार्यक्रम गरिने काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहले बताए।

यसैगरी ९ चैतमा रामारोशन, १० मा बान्नीगढी जयगढ, ११ मा मेल्लेख , १२ मा चौरपाटी  गाउँपालिका र  १३ मा साँफेबगर नगरपालिकामा कार्यक्रम गरिने बताइएको छ। 

कमेन्ट लोड गर्नुस