दार्चुलामा सुनाखरीसहित एक युवक पक्राउ
२०७८ फाल्गुन २८, ०२:१३
धनगढीः बहुमूल्य जडिबुटी सुनाखरीसहित दार्चुलामा एक युवक पक्राउ परेका छन्। शुक्रबार प्रहरीले जिल्ला सदरमुकाम खलङ्गाबाट १७ किलो सुनाखरीसहित बझाङको बुङ्गल नगरपालिका १ घर भएका ४० वर्षीय हरिश बोहरालाई पक्राउ गरेको हो।
रातिको समयमा महाकाली नगरपालिका ४ स्थित बाङ्गाबगडबाट बोहरा झोला बोकेर हिडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अवैध सुनाखरी बरामद गरिएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस