सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात

२०७८ फाल्गुन २७, ०७:३६ रासस

काठमाडौँ: मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ। चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत छ। 

यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरेर एक खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात एक खर्ब चार अर्ब १३ करोड बराबर थियो। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार सात महिनाको कूल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ४७ अर्ब ४६ करोड बराबर पुगेको छ। अघिल्लो वर्ष त्यस्तो आयात नगन्य रुपमा मात्रै बढेको थियो। विवरण अनुसार भारतबाट ३१ प्रतिशत, चीनबाट ४२।३ प्रतिशत र अन्य देशबाट ८३.८ प्रतिशतले आयात बढेको छ। 

पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायाताका साधन तथा पाटपूर्जालगायतका सामानको आयात बढेको छ। त्यस्तै एसउम बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात बढेको छ। 

कमेन्ट लोड गर्नुस