सहिद गौतमको पाँचौ स्मृतिमा माल्यार्पण, बुवालाई सम्मान
धनगढीः नेपाली सीमा रक्षार्थ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागि सहादत प्राप्त गरेका सहिद गोविन्द गौतमको पाँचौ स्मृति मनाइएको छ। बिहिबार शालिक निर्माणस्थलमै पुगेर पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा लगायतका जनप्रतिनिधिले शालिकमा माल्यार्पण गर्दै पाँचौ स्मृति मनाएका हुन्।
शालिकमा माल्यार्पण पश्चात् सहिद गौतमका बुवालाई नगर प्रमुख थापाले नगद पाँच हजार र दोसल्लासहित सम्मान समेत गरेका छन्। २०७३ फागुन २६ गते पुनर्वास नगरपालिका ४ कार्गिल डाडा सीमा नजिकै नालामा कल्भर्ट निर्माण गर्न खोज्दा विवाद चुलिएर सहिद गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए।