सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एमालेले निकालेपछि कांग्रेसतिर लागिन् गाउँपालिका उपाध्यक्ष

२०७८ फाल्गुन २६, ०२:०० खबर संवाददाता

धनगढीः गत माघमा भएको राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेकपा एमालेले निष्काशन गरेपछि एकजना गाउँपालिका उपाध्यक्ष नेपाली कांग्रेसतिर लागेकी छन्। एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्द बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन्। 

उनलाई नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डेले साधारण सदस्यता दिएर प्रवेश गराएका छन्। चन्दलाई कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्दसहितले स्वागत गरेका छन्। चन्दलाई बुधबार मात्रै एमाले बैतडीले पार्टीको साधारण सदस्यबाटै निस्कासन गरेको थियो। चन्दले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भोट दिएको पुष्टि भएपछि एमालेले कारबाही गरेको थियो। 

कमेन्ट लोड गर्नुस