कैलालीमा ६ दलसहित २ मोर्चाले शनिबार एमसीसीको विरोध गर्ने
धनगढीः कैलालीमा ६ दललसहितको २ मोर्चाले शनिबार संयुक्तरुपमा विरोध प्रर्दशन गर्ने भएका छन्। एमसीसीको विरोधमा फागुन २८ गते कैलालीमा विरोध प्रर्दशन गरिने नेकपाले जनाएको हो।
विरोध प्रर्दशन कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश लगायतका नेताहरुले सम्वोधन गर्ने युवा संगठन नेपालका सुदूरपश्चिम इन्चार्ज भुवन कुवँरले बताए। कैलाली, कञ्चनपुरका युवाहरुले संयुक्तरुपमा विरोध प्रर्दशन कार्यक्रम गर्ने बताइएको छ।