अछामको साँफेबगरमा १ हजार ३८३ परिवारलाई गरिब, ५८३ अति गरिब
अछामः साँफेबगर नगरपालिकामा १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ। मेयर कुलबहादुर कुँवरका अनुसार १४ वटै वडाका मा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको हो।
अति गरिब (रातो कार्ड) ५ सय ८३, गरिब (पहेँलो कार्ड) ४ सय ३८ र सामान्य गरिब (निलो कार्ड) २ सय ६२ परिवार छन्। साँफेबगर–१४ पातलकोटमा २ सय गरिब परिवार छन् भने सबैभन्दा कम वैजनाथ र भाग्यश्वरमा २५ २५ परिवार छन्। गरिबको सूचीमा रहेका परिवार नगरपालिकाबाट प्रवाह गरिने सेवामा पहिलो प्राथमिकतामा दिइने कुँवरको भनाइ छ। उनले परिचयपत्र पाएका परिवारभित्रका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराइने पनि जानकारी दिए।