सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु

२०७८ फाल्गुन २६, ०९:१८ खबर संवाददाता

काठमाडौँः सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ। 

उनको दुई महिनापछि मृत्यु भएको हो। अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए। 

मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो।

अस्पतालले ८ मार्चको दिन डेभिड बेनेटको मृत्यु भएको जानकारी दिएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– केही दिनयता उनको स्वास्थ्य अवस्था बिग्रिंदै गएको थियो। 

तर अन्तिम घण्टासम्म पनि आफ्ना परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए। उनलाई निको हुँदैन भन्ने जान्दाजान्दै पनि उनको उपचार जारी राखिएको थियो।

मुटु प्रत्यारोपण गर्ने चिकित्सक टोलीको नेतृत्व गरेका सर्जन बार्टले ग्रिफिथले भेनका छन्, ‘उनी एक बहादुर र महान बिरामी सावित भए। उनले अन्तिमसमयसम्म लडाइ लडे। हामी उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।’

कमेन्ट लोड गर्नुस