बैतडीमा गाउँपालिका उपाध्यक्ष चन्दलाई एमालेले किन गर्यो निष्कासन ?
धनगढीः बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई नेकपा एमालेले पार्टीबाट निष्कासन गरेको जनाएको छ। चन्दलाइ साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको एमाले बैतडीले जनाएको छ।
२०७४ सालको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै निष्कासन गरिएको हो। एमालेले आज एक विज्ञप्ती जारी गर्दै चन्दले पार्टीको हित विपरीत काम गरेको र स्पष्टीकरण सोध्दासमेत नदिएको बताएको छ। यस्तै राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेद्वारलाई भोट नदिएकोले चन्दमाथि कारवाही गरिएको विज्ञप्तीमा उल्लेख छ।
फागुन ३ गते उनलाइ एमालेले लिखित स्पष्टिकरण सोधेकोमा चन्दले बेवास्ता गरेकी थिइन्। उनी कांग्रेस प्रवेशको तयारी समेत रहेको स्रोतको दाबी छ।