सुदूर नेपाललाई विश्वसँग जोड्दै

डीपिएलमा छक्का क्याच गर्ने दर्शकले १० हजार पाउने

२०७५ माघ १०, ०५:४८ खबर संवाददाता

माघ २६ गतेबाट धनगढीमा सुरु हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपिएलमा) क्रिकेट प्रतियोगितामा छक्का क्याच गर्ने दर्शलाई दशहजार प्रदान गरिने भएको छ। अजोड इन्सुरेन्स लिमिटेडले उक्त रकम प्रदान गर्ने भएको हो। आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र अजोडका बीच बिहीबार भएको सम्झौता अनुसार कम्पनी प्रतियोगिताको अफिसियल इन्सुरेन्स पार्टनर समेत बनेको छ। 

सम्झौतामा डिसिएका अध्यक्ष सुवाश शाही र अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार अजोडले प्रतियोगिताका खेलाडी, दर्शक तथा अफिसियलहरुको बिमा गर्नेछ। ‘हामी पहिलोपटक प्रतियोगितासँग जोडिएका छौं,’ अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भने, ‘खेलाडी, अफिसियल तथा दर्शकको बिमासँगै हामीले छक्का प्रहार गर्ने खेलाडीको क्याच गर्ने दर्शकलाई दशहजार रुपैयाँ पनि दिने भएका छौं।’

सम्झौता अनुसार प्रतियोगिताका प्रत्येक खेलमा पहिलो छक्का क्याचगर्ने दर्शकले १० हजार पाउँनेछन्। प्रतियोगिता आउन आधा महिना बाँकी रहँदा ८० प्रतिशत तयारी सकिएको आयोजकले जनाएको छ। डिपिएललाई बुधबारमात्रै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले मान्यतादिएको थियो।
 

कमेन्ट लोड गर्नुस