सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

२०७८ फाल्गुन २४, ०९:१६ खबर संवाददाता

काठमाडौँ : बाँकेमा मोटरसाइकलको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ। मंगलबार बेलुकी नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार २९ वर्षीय भूपेन्द्रबहादुर शाहीलाई ठक्कर दिएको थियो। घाइते हवल्दार शाहीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए। 

त्यस्तै, ड्युटीमै रहेका प्रहरी जवान ३५ वर्षीय नरेश चौधरी पनि मोटरसाइकलको ठक्करबाट घाइते भएका छन्। उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ। उनीहरू इलाका प्रहरी कार्यालय मातहत राँझा विटमा कार्यरत थिए। मोटरसाइकल चालक बर्दिया राजापुरका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस