डडेल्धुराको आलिताल गाउँपालिकामा भुमिहिन सुकुम्बासीको जग्गा नाप नक्सा शुरु
मनोज रावत,डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको जग्गा नाप नक्सा शुरु भएको छ ।आज आइतबार पालिकाको वडा नम्बर ४ र ५ बाट नाप नक्साको कार्यको थालनि गरिएको हो। डडेल्धुरा जिल्लाका पहिलो चरणमा आलिताल गाउँपालिका, अजयमेरु गाउँपालिका र गन्यापधुरा गाउँपालिका जग्गा नाप नक्साका लागि राष्ट्रिय भुमि आयोगबाट छनोट गरिएका थिए।
आलिताल गाउँपालिका भरमा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको १९१८ निबेदन दर्ता भएका छन्। जस मध्ये ९८ जना भुमिहिन र १८२० जना अव्यवस्थित बसोबासका निबेदन कार्यालयमा दर्ता भएको जनाको निवेदन दर्ता भएको गाउँ पालिकाले जनाएको छ।
जग्गा नाप नक्सा कार्यक्रम सुरुवात वडा नम्बर ५ भाबरका स्थानीय कृष्ण कामिको र वडा नम्बर ४ घरेलुका स्थानीय भान बहादुर दमाईको घरबाट औपचारिक रूपमा सो कार्यको शुरुवात गरिएको गाउँ पालिका अध्यक्ष बलबहादुर गुरुङले बताए।
गुरुङले उक्त दुई वडाको राष्ट्रिय भुमि आयोगको सफ्टवेयर प्रणालीमा पहिला इन्ट्री भएकाले त्यहाँबाट पहिला सुरुवात भएको बताए। अन्य वडाहरुको हकमा सफ्टवेयर प्रणालीमा इन्ट्री हुने कार्य भइरहेको र काम सुरुवात भएका वडा नम्बर ४ र ५ मा सिद्दिने बित्तिकै तत्कालै अन्य वडाहरुमा पनि भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको जग्गा नाप नक्सा शुरु हुने उनले बताएका छन्।