विश्वभर कोरोनासँग सम्बन्धित बिरामीको मृत्यु संख्या ६० लाखको हाराहारीमा : विश्व स्वास्थ्य संगठन
जेनेभा : कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ ९भण्डै ६० लाख० पुगेको छ।
विश्वभर ४४ करोड ४० लाख ८० हजार सात हजार ७५६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। विश्वका अधिकांश मुलुकमा कोभिड सङ्क्रमण परीक्षणले सङ्क्रमित सबैलाई नसमेटेको भन्दै सङ्क्रमित मृतक र सङ्क्रमित विरामीको सङ्ख्या तथ्याङ्कमा देखिएकोभन्दा निकै धेरै भएको अनुमान गरिएको छ। यो तथ्याङ्क गत शुक्रबारसम्म विश्वभरीबाट प्राप्त सरकार र आधिकारिक निकायबाट प्राप्त रिपोर्ट हो।
यूरोप क्षेत्रमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ लाख १८ करोड १२ लाख ७५ हजारभन्दा बढी रहेको छ र यो क्षेत्र महादेशीय आधारमा तुलना गर्दा सबैभन्दा बढी सङ्क्रमित रहेको क्षेत्र हो भने अमेरिकी क्षेत्रमा १४ करोड ७६ लाख पाँच हजार ९३१ मुद्दाको पुष्टि सहित दोस्रो स्थानमा रहेको छ।
संयुक्त राज्य अमेरिका, भारत र ब्राजिल सबैभन्दा धेरै सङ्क्रमण पुष्टि गरिएका तीन देशहरू भएको विश्व स्वास्थ्य संगठनले सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ। विश्वभरि फेब्रुअरी २७ सम्ममा झन्डै १० अर्ब ६० करोड खोपहरू उपलब्ध गराइएको पनि उक्त संस्थाले जनाएको छ। -सिन्ह्वा