सुदूर नेपाललाई विश्वसँग जोड्दै

रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : जेलेन्स्की

२०७८ फाल्गुन २३, ०५:४७

कीब : रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन्। उनले भने, “भिनिट्सियामा भएको क्षेप्यास्त्र आठ वटा रकेटल आक्रमण गरिएको र आक्रमणपछि विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको छ।”

रूसले ११ दिने पुरानो आक्रमण सुरु गरेदेखि युक्रेनका थुप्रै शहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएका छन्। भिनिट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा छ। यो रूस र बेलारूसको सिमानाभन्दा धेरै टाढा छ। यस क्षेत्रमा त्यस्तो हमला कम भएको छ।

विमानस्थालमा भएको आक्रमणपछि जेलेन्स्कीले रूसी आक्रमण रोक्न पश्चिमी शक्तिहरूले युक्रेनमाथि उडान विरोधी क्षेत्र लागू घोषणा गर्ने आफ्नो मागलाई पुनः दोहोर्याएका छन्। “हामी हरेक दिन दोहो¥याइरहेका छौं। युक्रेनी आकाशलाई सहयोगी मुलुकहरूले उडान प्रतिबन्धको घोषणा गरून्। आकाशलाई सबै रूसी क्षेप्यास्त्र, रूसी युद्ध विमान र यूक्रेनी पृथकतावादीहरूका लागि बन्द गरियोस्।” 

उनले यूक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा नगर्दा दैनिक दर्जनौ यूक्रेनी नागरिकले ज्यान गुमाउनु परेको बताए। -एएफपी

कमेन्ट लोड गर्नुस