दिल्लीका विद्यालयमा स्विमिंग पूल, केजरीवालले दिए बधाई
काठमाडौंः दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाले सरकारी दुई विद्यालयमा स्विमिंग पूल सञ्चालन भएको बताएका छन्। सामाजिक सञ्जालल फेसबुकमा बधाई दिदै उनले दिल्लीमा थप दुई सरकारी विद्यालयमा स्विमिंग पूल सञ्चालन गरेको बताएका छन्। “हाम्रा बच्चा नै देशका भविष्य हुन्।”
उनले फेसबुकमा लेखेका छन्, “हामीले स्कुलमा उनका लागि धेरै भन्दा धेरै सुविधा दिनु छ ताकी उनीहरु अगाडी बढ्नेछन र देशको नाम चम्काउने छन्।” यो संगै दिल्लीका २४ स्कुलमा स्विमिंग पूल सञ्चालनमा आएका छन्। स्विमिंगका लागि विद्यार्थीहरुलाई निःशुल्क प्रशिक्षण समेत दिइने भएको छ।