सारा विश्व रुसको विरुद्धमा रहेको कीभका राजदूतको दाबी
जेनेभा : युक्रेनमा रुसको आक्रमणपछि भएको दुरुपयोगको छानबिन गर्न शुक्रबार संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्मा भएको भारी मतले राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'सारा संसार रुसको विरुद्धमा छ' भन्ने देखाएको कीभका राजदूतले बताएका छन्।
युक्रेनी राजदूत येभेनिया फिलिपेन्कोले मतदानपछि पत्रकारहरूलाई भने, 'पुटिनलाई सन्देश स्पष्ट छ, तपाईं विश्वव्यापी स्तरमा एक्लो हुनुहुन्छ र सम्पूर्ण विश्व तपाईंको विरुद्धमा छ।' -एएफपी