सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोनाभाइरसबाट थप छ हजार सङ्क्रमित

२०७८ फाल्गुन २०, ०७:२१ रासस

नयाँ दिल्ली: भारतमा कोरोनाभाइरसबाट थप छ हजार सङ्क्रमित भएका छन्। पछिल्लो केही समयदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या निरन्तर ओरालो लागिरहेकाले शुक्रबारको विवरण पनि अघिल्लो दिनको तुलनामा कम देखिएको छ।

सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ३९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। सोही अवधिमा १३ हजार ४५० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ६९ हजार ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको जनाएको छ।

पछिल्लो एक दिनमा कोरोनाका कारण २०१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १४ हजार ५८९ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस