दार्चुलामा एक युवक मृत फेला
२०७८ फाल्गुन २०, ०३:०७
दार्चुलाः दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका ५ उडालु बस्ने ३१ वर्षीय गोबिन्दराम टमाटा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार उनी बिहीबार नौगाड गाउँपालिका ५ स्थित चिनेगौँडा ढोलेमा मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस