सुदूरपश्चिममा व्यवसायिक रुपमा टिमुर खेती हुन सकेन
पहाडी ७ जिल्लामै पर्याप्त उत्पादन गर्न सकिन
सुदूरपश्चिम प्रदेशमा टिमुर खेतीको सम्भावना पर्याप्त भएपनि व्यवसायिक रुपमा खेती हुन सकेको छैन्। सुदूरपश्चिम प्रदेशका पहाडी ७ जिल्लामा टिमुर खेतीको पर्याप्त सम्भावना छ। तर प्रर्याप्त सम्भावना हुदा हुदै टिमुर खेती तर्फ किसान भने अग्रसर हुन सकिरहेका छैनन्। अछाम जिल्लाको तुर्माखाद क्षेत्रमा टिमुर खेतीलाई व्यवसायिकता दिने प्रयास त भएको छ तर अन्यत्र भने टिमुर त्यसै खेर गईरहेको छ। किसानहरुलाई टिमुरको उपयोगिता, बजार, टिमुरका बिषयमा ज्ञान दिन नसक्दा सुदूरपश्चिममा टिमुरको व्यवसायिक खेती सुरु नभएको विज्ञहरु बताउछन्।
बिशेष गरी टिमुरलाई हामीले जंगलमा हुने बनस्पति भनेर बुझ्ने गरेका छौ। काँचैमा हरिया दाना र पाकेपछि राता दानाहरुको झुप्पो टिमुरको हुन्छ। यो बहुउपयोगि बनस्पति हो। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जंगलमा पाईने यो वनस्पतिको बजारीकरण भएको छैन् भने टिमुर खेती गर्ने केही मात्र किसान छन्। सरकारी स्तरबाट टिमुर खेतीको सम्भावना, बजार र उपयोगीताको विषयमा पहल नभएकाले किसानहरुले पनि त्यस्मा रुची देखाएका छैनन्। वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख लक्ष्मण झाले सुदूरपश्चिमका किसानलाई टिमुरको बारेमा जानकारी दिन नसकिएको बताए। टिमुको महत्वका बारेमा किसानलाई बुझाउन सकिएको छैन्। उनले भने। सरकारी स्थरबाट टिमुरको महत्व बारे किसानलाई जानकारी हुन आवस्यक छ।
सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, अछाम, बाजुरा, बझाङमा टिमुर खेतीको सम्भावना बढि छ। टिमुरले रोपिएको ५ बर्षबाट उत्पादन दिन सुरु गर्छ। टिमुर लगाएको ३०÷४० बर्ष सम्म फल लिन सकिन्छ। धेरै स्थानमा टिमुर किसानहरुका लागि नगदे वाली भईसकेको छ। टिमुरको एक किलोग्रामको सुदूरपश्चिममा पनि एक हजार भन्दा बढि मुल्य हुँदा पनि यसतर्फ किसानहरुको आकर्षण वढ्न सकेको छैन । वनस्पति अनुसन्धान केन्द्र कैलालीले टिमुर खेती गर्न चाहाने किसानको खोजी गरिरहेको जनाएको छ।
अछाम जिल्लाको तुर्माखाद क्षेत्रमा हाइ भ्यालु एग्रिकल्चर नाम दिएर टिमुरको व्यवसायिक खेतीको प्रयास भएको छ। तर अन्य क्षेत्रमा टिमुर जंगलमा त्यस्तै खेर गएको हुन्छ तर बजारीकरणमा कसैको ध्यान जान सकेको छैन्। टिमुरको उपभोगिता बारे मात्रै किसनाहरुलाई सम्झाउन सके धेरै किसानहरुका लागि टिमुर आम्दानीको प्रमुख श्रोत बन्न सक्ने देखिएको छ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा टिमुर खेती मार्फत किसानको आर्थिक अवस्था बलियो बनाउन सकिने देखिएको छ। बझाङका टिमुर किसान भुन्टु धामीले टिमुर खेती गर्दै आएको बताए। पहिले देखि नै टिमुरका बोटहरु छन्। फेरी साना बिरुवा रोपेको छु। तर सरकारी स्थरबाट कुनै प्रकारको सुविधा मैले पाएको छैन्।